विद्यालय सुुरक्षा कार्यक्रम अनुगमन

112

नेपालगन्ज, असार ११–
जिल्ला दैवी प्रकोप उद्धार समिती बाँकेले विनौना गाविसस्थित भुवरभवानी माध्यामिक विद्यालयको स्थलगत अनुगमन गरी त्यहाँ सञ्चालित विद्यालय सुरक्षा कार्यक्रमको अनुगमन गरेको छ । बाढी लगायत अन्य प्रकोपको जोखिममा रहेका उक्त विद्यालय सहित जिल्लाका १० वटा विद्यालयमा बाँके युनेस्को क्लबले विद्यालय सुुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Anugaman pic

दैवी प्रकोप उद्धार समितका संयोजक एवम् प्रमुुख जिल्ला अधिकारी रबिलाल पन्थको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले विद्यालयमा पुगेर ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा शिक्षकहरुसँग विद्यालय सुरक्षा कार्यक्रमका बारेमा छलफल समेत गरेको थियो ।

Womui
Womui