बसले ठक्करदिदाँ गम्भिर घाईते

31

कुसुम(बाँके), असार ११–
बाँकेको खासकुश्मा–२ कुसुम, बैरियामा यात्रुबाहक बसले ठक्कर दिदाँ एक व्यक्ति गम्भिर घाईते भएका छन् । नेपालगन्जबाट काठमाडौंतर्फ जादै गरेको ना५ ख ७६९९ नम्बरको बसले शनिबार बेलुका करिव ८ः५० बजेतिर ठक्कर दिदाँ खासकुश्मा–२ बैरिया निवासी अन्दाजी ५० बर्षिय कृष्णबहादुर खत्री घाईते भएका हुन् । अपांगता समेत रहेका खत्रीलाई पैदल हिडिरहेको अवस्थामा बसले ठक्कर दिएको ट्राफिक प्रहरी जवान रामबहादुर विष्टले जानकारी दिए ।

टाउको र शरिरका विभिन्न भागमा चोट लागेका खत्रीलाई बसमा राखेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पठाइएको उनले बताए । ‘घाइतेको शरिरबाट धेरै रगत बग्यो, अवस्था एकदमै सिरियस छ,’ विष्टले भने । ठक्करदिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको छ । आक्रोशित स्थानीय बासिन्दाले प्रहरी नियन्त्रणमै रहेको बसमाथि ढुंगामुढाको प्रयास गरेका थिए ।

Womui
Womui