राजा ल्याउन मन्त्री पद पनि छाड्न तयार छु : भूमिसुधार मन्त्री

114

काठमाडौं, असार ७–
भूमि सुधार मन्त्री रामकुमार सुब्बाले मुलुकको राष्ट्रिय एकताकालागि राजसंस्था अपरिहार्य रहेकोले राजा पुर्नस्थापित गर्न आफू मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । मुलुकमा गणतन्त्र स्थापना भएको सात वर्ष पूरा भइसकेको अवस्थामा सरकारका मन्त्रीले नै राजा ल्याउन आफू मन्त्री पद त्याग गर्न तयार रहेको बताएका हुन् । सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री सुब्बाले मन्त्री पद भन्दा आफ्नालागि राजसंस्थाको विचार ठूलो भएको बताए । प्रधानमन्त्रीलगायतका निकायबाट आफ्नो विचार कुण्ठित गर्ने प्रयास भए हाँसी हाँसी मन्त्रीपद त्याग गर्न तयार रहेको उनले जनाए ।

Womui
Womui