अफगानिस्तानबाट फर्कन चाहनेलाई विमानमा लिफ्ट

42

काठमाडौं, असार ७–
अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा ‘एयर लिफ्ट’ दिने बताएको छ । सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गरेको हो । काबुलमा आत्मघाती बम विस्फोटमा मृत भएका नेपालीको शव र घाइते लिने जाने जहाजसँगै नेपाल फर्कन इच्छुकलाई पनि ल्याउने व्यवस्था गरिएको श्रम तथा रोगजार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले जानकारी दिए ।

उनका अनुसार सरकारले काबुल घटनाका मृतकको शव ल्याउनका लागि नेपाल वायु सेवा नियमको जहाज आज राति १० बजे पठाउन लागेको छ । ‘शव र घाइते लिन जाने जहाजमै राखेर हामीले फर्कन चाहने इच्छुक नेपालीलाई स्वेदश फर्काउन प्रबन्ध पनि मिलाएका छौं,’ उनले भने, ‘यहीँ आउन चाहने इच्छुकलाई जहाजमै राखेर ल्याउँछौं ।’ काबुलमा भएको आत्माघाती बम आक्रमणमा घाइते भएकामध्ये दुई जनालाई मंगलबार एयर लिफ्ट गरी थप उपचारका लागि नयाँ दिल्ली पु¥याइएको छ । बमले लागेर घाइते भएका चितवनका मानबहादुर थापा र चितवनकै कृष्णकुमार देउजालाई दिल्ली लगिएको हो ।

घाइते उनीहरुलाई दिल्लीस्थित एपोलो अस्पताल भर्ना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अन्य तीन जनालाई भोलि उद्धार गरी नयाँ दिल्ली र्पुयाउने तय भएको बताइएको छ । ’घाइतेमध्ये नुवाकोटका च्याङ्बा तामाङको अवस्था गम्भीर छ । डाक्टरले जहाजमा लैजान अनुमति दिएमा उनलाई पनि थप उपचारका लागि उद्धार गर्नेछौं’, परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने ।

Womui
Womui