हिरमिनियालाई खुला दिसामुक्त गाविस घोषणा

134

नेपालगन्ज, असार ७–
बाँकेको हिरमिनियालाई सोमबार एक समारोहका बीच खुला दिसामुक्त गाविस घोषणा गरिएको छ । बाँके, क्षेत्र नम्बर २ को पहिलो तथा जिल्लाको २० औं गाविसका रुपमा हिरमिनियालाई खुला दिसामुक्त घोषणा गरिएको हो । गाविस सचिव एवम् अध्यक्ष ऋषिराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ र विशिष्ठ अतिथी एवम् स्थानीय विकास अधिकारी जीवलाल भुसालले संयुक्त रुपमा खुला दिसामुक्त घोषणा गरे ।

खुला दिसामुक्त घोषणा कार्यक्रममा सहभागि अतिथी ।
खुला दिसामुक्त घोषणा कार्यक्रममा सहभागि अतिथी ।

कुल एक हजार ३ सय ४६ घरधुरी रहेको उक्त गाविसमा एक हजार १ सय ३१ वटा पक्की शौचालय, १ सय ५० तल पक्की र कच्ची वाल तथा ६५ वटा संयुक्त शौचालय निर्माण गरिएकाले खुला दिसामुक्त घोषणा गरिएको गाविसका खरदार शिवकुमार मौर्यले जानकारी दिए । घोषणा सभामा १ लाख ९० हजार नगद र कदरपत्र सहित गाविसलाई सम्मान गरियो । स्थानीय विकास अधिकारी भुसालले १ लाख र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले ९० हजारको चेक सचिव गौतमलाई हस्तान्तरण गरेर कदरपत्र सहित सम्मान गरेका हुन् ।

सो अवसरमा जिल्लास्थित सबै कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, सरकारी तथा गैर सरकारी संघसंस्था, बुद्धिजीवि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको उपस्थिती रहेकोे थियो । घोषणासभामा खुल्ला दिसामुक्त अभियानमा योगदान पु¥याउने व्यक्तित्व एवम् संघ, संस्थालाई सम्मान गरिएको थियो । खुल्ला दिसामुक्त अभियानलाई सफल बनाउन रेडियो बागेश्वरी एफ.एमले सुचना तथा समाचार प्रशारण गरी विशेष योगदान पु¥याएको भन्दै कदरपत्र सहित सम्मान गरियो । पूर्णरुपमा खुल्ला दिसामुक्त बनाउनका लागि गाविसले विशेष कार्यक्रमका साथै अभियान समेत सञ्चालन गर्नुका साथै नबनाउनेलाई सेवा, सुविधा रोक्का गरेर जरिवाना समेत तोकेको थियो ।

Womui
Womui