अफगानिस्तानमा मारिएका १२ नेपालीको पहिचान

26

काठमाडौं, असार ७–
आत्मघाती बम आक्रमणमा परेर अफगानिस्तानको काबुलमा सोमबार १२ जना नेपालीको मृत्यु भएको छ । मृतक र घाइत भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले १२ नेपाली मृतक र घाइतेको नाम खुलेको जानकारी दिए । मृत्यु हुनेमा चन्द्रबहादुर मगर (काठमाडौं), अमृतबहादुर थापा(लमजुङ), डम्बरबहादुर तामाङ(नुवाकोेट), कृष्णबहादुर ढुंगाना (चितवन), सुकबहादुर गुरुङ(स्याङ्जा), जीनेन्द्र सिंह थापा (रुपन्देही), मधुसदधन कोइराला(नुवाकोट), विदुरबहादुर क्षेत्री(काठमाडौं),लीलबहादुर गुरुङ(नुवाकोट), नवीनबहादुर क्षेत्री (पर्वत), अकुर तामाङ(सुनसरी) र हरिबहादुर बढुवाल क्षेत्री(काठमाडौ) रहेका छन् ।

यसैगरी घाइते हुनेमा प्रेमबहादुर क्षेत्री (मोरड), चेतप्रसाद शेरचन(म्याग्दी), कुमारबहादुर गुरुङ(गोरखा), मानवहादुर थापा(चितवन), कृष्णकुमार देउजा (चितवन), अमृत रोकाया क्षेत्री(सुर्खेत) र च्याङ्वा तामाङ ( नुवाकोट) रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आत्माघाती बम हमलाकारीले विदेशी कम्पनीको कर्मचारी ओसार्ने सानो बसलाई लक्षित गर्दै काबुलको ९ पिडी सिटी, काबुल सहरमा सोमबार बिहान ५स्४० बजे आत्मघाती आक्रमण गरेको अफगानी गृहमन्त्रालयले जानकारी दिएको छ । सुरक्षा गार्ड चढेको बस लक्ष्यित गरी काबुलको पुल ए चार्खिल क्षेत्रमा सो आत्मघाती बम विस्फोट भएको थियो ।

Womui
Womui