नारायणगढ–मुग्लिन सडक सुचारु

53

चितवन, असार ४–
नारायणगढ–मुग्लिन सडकअन्तर्गत चण्डिभञ्याङ गाविस–६ कालीखोलामा शुक्रबार साँझ पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालन भएको छ । पहिरो पन्छाएपछि रातिदेखि सवारी आवागमन सञ्चालनमा आएको चिवतनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए । रोकिएका सवारी साधन गन्तव्यतर्फ हिडेका छन् । साँझ सोही खण्डको चार किलो भन्ने स्थानमा समेत पहिरो खसेको थियो । दुवै क्षेत्रको पहिरो हटाइएको प्रहरीले जनाएको छ । उक्त सडकमा पछिल्लो समयमा दैनिकजसो पहिरो खसेर अवरुद्ध हुँदै आएको छ ।

Womui
Womui