युनेस्को बाँकेका कार्यक्रमको अनुुगमन

67

नेपालगन्ज, असार ४–
नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गत रहेको युनेस्कोको राष्ट्रिय आयोगका उपमहासचिव डा.कमलेश्वर सिन्हा नेतृत्वको एक टोलीले बाँके युनेस्को क्लबद्धारा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन गरेको छ । सो टोलीले बाँके युनेस्को क्लबद्धारा नेपालगन्ज उपहानगरपालिका, कम्दी, फत्तेपुर, बैजापुर, विनौना र कचनापुर गाविसमा सञ्चालनमा रहेका कार्यक्रको स्थलगत अनुगमन गरेको हो ।

कम्दीस्थित स्वास्थ्य चौकीलाई सोलार प्रदान गर्दै युनेस्को राष्ट्रिय आयोगका उपमहासचिव डा.सिन्हा ।
कम्दीस्थित स्वास्थ्य चौकीलाई सोलार प्रदान गर्दै युनेस्को राष्ट्रिय आयोगका उपमहासचिव डा.सिन्हा ।

युनेस्कोको राष्ट्रिय आयोगका उपमहासचिव डा.सिन्हाको टोलीले नेपालगन्ज बेलासपुरस्थित बागेश्वरी प्राथिमक बिद्यालय र वडा नम्बर ८ मा रहेको मदरसा आयशतुल बनातको स्थलगत अनुगमन गर्दै ती दुबै बिद्यालय उत्कृष्ट रुपमा संचालनमा रहेको निष्कर्श निकालेको थियो । सो अवसरमा दुुबै बिद्यालयका प्रधानाध्यापकहरुले हालसम्मको प्रगति सुनाउदै समस्याहरु पनि सुुनाउनुु भएको थियो । यस्तै सो टोलीले कम्दी गाविसको स्वास्थ्य चौकी र गाविस कार्यालयमा पुुगेर त्यहाँ क्लबद्धारा सञ्चालित साझेदारी विकास र स्वास्थ्य कार्यक्रमका बारेमा जानकारी लिएको थियो ।

Womui
Womui