उपराष्ट्रपतिको सवारीमा छोरालाई तनाव

412

काठमाडौं, असार ४–
उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबार चीन भ्रमणबाट फर्कंदै थिए । उनको सवारी हुने भएपछि सदाझैं सुरक्षाकर्मीले बाटो खाली बनाए । सहरका विभिन्न ठाउँमा सवारी जाममा परे । त्यही जाममा उनका छोरा दिपेश पनि परे । उनी माइक्रोमा कतै जाँदै थिए । माइक्रोबस धेरैबेर सडकमा जाममा परेपछि त्यसमा गुडिरहेको अन्य यात्रुले कारण पत्ता लगाउन थाले ।

Nanda-Kishor-pun-and-son

कारण खोज्दै जाँदा सबै यात्रुले थाहा पाए, उपराष्ट्रपतिको सवारी । ‘मस“गै माइक्रोबसमा गुडिरहेका यात्रुले नेताहरुले खुब दुःख दिन्छन, यस्तै हो यो समस्या कहिले नसुल्भ्किने भयो भनेर गाली गर्न थाले,’ दिपेशले भने, ‘मैले चुपचाप लागेर सुनिरहे । सर्वसाधारणले आक्रोश पोखिरहेका थिए ।’ उनले थपे, ‘भिआइपी सुरक्षाका नाममा हुने यस्ता सवारीले साँच्चै सर्वसाधारणलाई निकै दुःख दिँदो रहेछ। यात्रुस“गै मलाई पनि त्यत्तिकै असजिलो भइरहेको थियो ।’

सर्वसाधारणको पीडा सुनेपछि मन थाम्न सकेनन् । उपराष्ट्रपतिको जाममा एक घन्टा बस्नु परेपछि पुनलाई रिस मात्रै उठेन, उनले त्यो रिसलाई फेसबुक भित्तोमै पोखिदिए । दिपेश लैनचौरबाट बौद्धतर्फ जाँदै थिए । आफू उपराष्ट्रपतिको छोरा भए र पनि बाबाको सवारीको जामले गर्दा पीडित बनेका दिपेशले फेसबुकमा लेखे, ‘छोरालाई त यति रिस उठ्यो भने अरु सर्वसाधारणलाई कति रिस उठ्यो होला ?’ आजको नागरिकमा खबर छ ।

Womui
Womui