कानुन कार्यान्वयनमै जटिलता

37

नेपालगन्ज, असार ४–
कानुन निर्माण भएपनि कार्यान्वयनमा जटिलता भएका सरोकारवालाले जोड दिएका छन् । जिल्ला विकास समिति बाँकेको सहयोगमा पुनरावेदन बार एशोसियशन नेपालगन्जद्धारा आयोजित छलफल कार्यक्रमका सहभागिले यस्तो बताएका हुन् । अझैपनि कानुन सबैका लागि समान हुन नसकेको उनीहरुको गुनासो छ । पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायधिस बमकुमार श्रेष्ठले कानुन प्रदत्त अधिकार कार्यान्वयन गराउने दायित्व सबै सरोकारवाला निकायको भएको बताए । यसका लागि सबैले आफ्नो काम, कर्तव्य र अधिकार पालना गर्नुपर्ने धारणा राखे । पुनरावेदन बार एशोसियशनका अध्यक्ष बलबहादुर चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला अदालतका न्यायधिस दलबहादुर केसीले न्यायमा सहज पहुँच र यसका लागि भएका प्रयास विषयक र अधिवक्ता प्रह्लाद कार्कीले नागरिक हक र कानुन कार्यान्वयनमा अर्धन्यायिक निकायहरुको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

Law

कार्यक्रममा उपस्थित प्रमुख अतिथी, अथिती लगायत ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ, नेपाल बार काउन्सिलका पार्षद बीरबहादुर रोकाय, जिल्ला विकास समितिका अधिकृत भरतकुमार मल्ल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेकप्रसाद राई, जिल्ला बारका अध्यक्ष उदयराज बर्मा, पुनरावेदन र जिल्ला अदालतका न्यायधिस, पुनरावेदन र जिल्ला सरकारी वकिल, बाँकेमा क्रियाशिल अधिवक्ता, मानव अधिकारकर्मी, अर्धन्यायिक निकायका प्रमुख लगायत सहभागि भएका थिए । पुनरावेदन बारका सचिव कृष्णप्रसाद जैसीले सञ्चालन गरेको कार्यक्रमको उद्देश्यमाथि पुनरावेदन बारका सदस्य एवम कार्यक्रम संयोजक प्रभाकर भट्टराईले प्रष्ट्याएका थिए ।

Womui
Womui