हिन्दु स्वयंसेवक तालिममा पूर्व प्रधानसेनापति कटुवाल !

85

वीरगज, असार २–
पूर्व प्रधानसेनापति रुक्मांगत कटुवाल विहीवार वीरगन्जमा हिन्दु स्वयंसेवक संघको मञ्चमा देखिए । हिन्दुत्व रक्षा र राष्ट्रिय एकताको पक्षमा एक्यबद्ध हुन उनले अह्वान गरे । विगतमा हिन्दुवादी आन्दोलनकोसमेत केन्द्रविन्दु रहिआएको वीरगन्जमा यहाँका हिन्दु अगुवाहरुसँग यसअघि पनि मञ्च साझा गर्दै आएका कटुवाल यो पटक २० दिने प्रशिक्षणको समापन समारोहको प्रमुख अतिथि थिए । भारतको केन्द्र सरकारमा रहेको भारतीय जनता पार्टीलाई निर्देशित गर्ने संस्थाको रुपमा रहेको राष्ट्रिय स्वयंसेवक संघ सँग सहकार्य गर्ने नेपालको हिन्दु स्वयंसेवक संघको चारमध्ये यो दोस्रो तहको प्रशिक्षणलाई निकै महत्वपुर्ण मानिन्छ ।

नेपालभरीबाट १ सय ७४ जना सहभागि रहेको ’संघ शिक्षा बर्ग’ भनिएको प्रशिक्षणमा भारतीय र नेपाली गरी १६ जना प्रशिक्षकहरुले शारीरिक, सामरिक र बौद्धिक प्रशिक्षण दिएकोस्वयं सेवक रन्ज्ति साहले बताए । ‘नेपाल हाम्रो साझा घर हो त्यसकारण राष्ट्रहित सर्वोपरी हो,’ कटुवालले भने, ‘सबै जात, धर्म, बर्ग, समुदाय र भाषभाषिको हित यसैमा निहित छ ।’ उनले प्रवचन शैलीमा रामायण र माहाभारतको प्रसंगहरु सुनाए । प्रमुख वक्ताको रुपमा आएका भारतको प्रान्त उत्तरप्रदेशका क्षेत्र प्रचारक शिव नारायणले सनातन हिन्दु धर्म र राष्ट्रहितमा काम गर्न नवप्रशिक्षितहरुलाई आग्रह गरे ।

Womui
Womui