नेपालगन्ज उपमहानगरका थप दुई वडा खुला दिसामुक्त

70

नेपालगन्ज, असार २–
नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार थप २ वटा वडालाई खुला दिसामुक्त घोषणा गरेको छ । महेन्द्र उच्च माध्यामिक बिद्यालय नेपालगन्जमा औपचारिक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले वडा नम्वर ८ र ९ लाई खुला दिसामुक्त घोषणा गरेका हुन् । यो सँगै नेपालगन्ज उपकमहानगरपालिकामा खुला दिसामुक्त वडाको संख्या ६ पुगेको छ ।

कुल २८ वटा वडा रहेको नेपालगन्जमा यसअघि २, ३, ४ र ५ लाई खुला दिसामुक्त गरिसकिएको जनाइएको छ । पाँच सय २३ घरधुरी रहेको वडा नम्बर ८ र २ सय ६३ घरधुरी रहेको वडा नम्वर ९ लाई खुला दिसामुक्त भएको जानकारी गराउँदै प्रजिअ पन्थले शौचालय बनाएर मात्र नहुँने भन्दै प्रयोग गर्ने बानीको पनि विकास गर्न अनुरोध गरे । उपमहानगरपालिकाका कार्यकारी अधिकृत हेमराज भुसालले नगरलाई छिट्टै खुला दिसामुक्त घोषणा गर्ने अभियानमा आफुहरु सक्रिय रहेको जिकिर गरे ।

Womui
Womui