संविधान कार्यान्वयन नगर्ने सरकारको षडयन्त्र : सभापति देउवा

134

नेपालगन्ज, असार ३–
नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयन नगर्ने षडयन्त्र स्वरुप सरकारले तीन महिनाका लागि स्थानीय निकायको निर्वाचन गराउने कुरा गरेको बताएका छन् । राज्य पुनःसंरचना आयोगले दिएको रिपोर्टको आधारमा अहिलेको स्थानीय निकाय खारेज हुने र गाउँपालिका तथा कार्यपालिका निर्माण हुने स्पष्ट पार्दै देउवाले थपे, ‘राष्ट्रिय सभामा गाउँपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुखले नै भोट हुन, स्थानीय निर्वाचन भइसकेपछि प्रान्तिय र केन्द्रिय संसदको चुनाव हुन्छ अनि राष्ट्रिय सभाको चुनाव हुन्छ त्यसपछि राष्ट्रपतिको चुनाव हुने हो ।’

पत्रकार भेटघाटमा बोल्दै सभापति शेरबहादुर देउवा ।
पत्रकार भेटघाटमा बोल्दै सभापति शेरबहादुर देउवा ।

प्रेस युनियन बाँकेले शुक्रबार बिहान नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले स्थानीय निकायको निवाचनका विषयमा सरकारले ‘विरोधाभासपुर्ण’ कुरा गरेको बताए । सरकारले एकातिर मंसिरमा स्थानीय निकायको निर्वाचन गराउँछौं भन्ने, अर्कोतिर राज्य पुनःसंरचना आयोगको म्याद फागुन मसान्त सम्म राख्नु विरोधाभासपुर्ण भएको बताए । उनले थपे, ‘मंसिरमै चुनाव गर्न पनि हामी तयार छौं, तर यो सरकारले एकातिर मंसिरमा स्थानीय निकायको चुनाव गराउँछु भन्छ, फेरी राज्य पुर्नसंरचना आयोगको म्याद फागुन मसान्त सम्म भनेको छ, यो विरोधाभास भयो । चुनावबाट कांग्रेस नडराएको उनले बताए । सरकारले संविधान कार्यान्वयन भन्दापनि उखान टुक्का, झुट्टो आश्वासन र झुट्टो कुरा गरेर जनतालाई अलमल्याइरहेको देउवाको आरोप छ ।

Womui
Womui