सहमती नभए अहिलेकै अवस्थामा निर्वाचन : राई

61

नेपालगन्ज, असार २–
सञ्चारमन्त्री शेरधन राईले राजनीतिक दल बीच सहमति नभए अहिलेकै स्थानीय संरचना अनुसार स्थानीय निकायको निर्वाचन गराइने बताएका छन् । प्रेस चौतारी बाँकेले नेपालगन्जमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सहमतीका लागि सरकारले अधिकतम लचकता अपनाएको जिकिर गरे । राजनीतिक दल बीच सहमति नभए सरकारले आगामी मंसिरमा निर्वाचन गराई छाड्ने उनको ठोकुवा छ । राजनीतिक दल बीच सहमति भए पुनर्संरचना आयोगले निर्धारण गरेको संचनाको आधारमा निर्वाचन गराउन सकिने उनले बताए ।

 पत्रकार भेटघाटमा सञ्चारमन्त्री एवम् प्रवक्ता शेरधन राई ।

पत्रकार भेटघाटमा सञ्चारमन्त्री एवम् प्रवक्ता शेरधन राई ।

वर्तमान संरचना अनुसार अन्तरिम समयका लागि सरकारले स्थानीय निकायको निर्वाचन गराउन लागेको जानकारी दिए । ‘पूरानै संरचनाको आधारमा स्थानीय निकायको निर्वाचन गराउने म्याण्डेट संविधानले सरकारलाई दिएको छ, सोही आधारमा निर्वाचन गराउन लागेका हौं,’ उनले भने । मधेसवादी दललाई पटक–पटक वार्तामा बोलाएपनि ती दलले पत्र नपाएको भन्दै जनतालाई झुक्याउँदै आएको मन्त्री राईको भनाई छ । सरकार मधेसी दलको मागप्रति सकारात्मक भएको तर बार्ताको माध्यमबाट सहमतिमा नआए सरकार आफ्नो रोड म्याप अनुसार अगाडी बढ्ने राईले औल्याए । ‘सरकार मधेसको मागलाई सम्बोधन गर्न तत्पर छ, तर बार्ता र सम्बादबाट भाग्न खोजे सरकार कसैलाई पर्खनेवाला छैन,’ उनले अगाडी भने ।

Womui
Womui