प्रजातन्त्र जोगाउन कांग्रेस पहिलो शक्ति : देउवा

68

नेपालगन्ज,  असार २–
नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस पहिलो शक्ति नहुँदा मुलुकभित्र प्रजातन्त्र रहन नसक्ने खतरा औल्याएका छन् । मुलुकलाई निकास दिन कांग्रेस बलियो हुनुपर्ने बताए । नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाली कांग्रेसको सिंगो ध्यान केन्द्रित रहेको उनको भनाई छ । नेपाली कांग्रेस बाँकेले बिहीबार आयोजना गरेको स्वागत कार्यक्रममा देउवाले भने, ‘एमाले अझै प्रजातान्त्रिक भएको छैन, माओबादी त झन् भएकै छैन, उनीहरुलाई बामपन्थीबाट प्रजातान्त्रिक बनाउन कांग्रेस बलियो हुन जरुरी छ ।’ एमाले र माओबादीलाई प्रजातान्त्रिक पार्टी बनाउन कांग्रेस बलियो हुन जरुरी रहेको बताए ।

बाँकेका कार्यकर्तालाई सम्वोधन गर्दैै कांग्रेस सभापति शेरबहादुर देउवा ।
बाँकेका कार्यकर्तालाई सम्वोधन गर्दैै कांग्रेस सभापति शेरबहादुर देउवा ।

मुलुकमा प्रजातन्त्र ल्याउन, हत्या हिंसामा लागेको माओबादीलाई शान्ति प्रक्रियामा ल्याउन, राजा ज्ञानेन्द्रलाई फालेर गणतन्त्र ल्याउन नेपाली कांग्रेसले नै नेतृत्व गरेको दाबी गर्दै सभापति देउवाले अब हुने स्थानीय तह, प्रान्तिय र केन्द्रिय चुनाव जित्न नेपाली कांग्रेसका कार्यकर्ता एकतावद्ध हुनुपर्ने बताए । ‘हिजोका कुरा बिर्सेर पार्टी बलियो भएपछि मात्र निर्वाचन जित्न सक्छौं, पार्टीले जितेपछि आपसमा झगडा गर्न पनि सकियो, पार्टीले हारिसकेपछि झगडा गर्नुको अर्थ हुदैन,’ उनले थपे ।Ser Bahadur Deuba

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वटै निर्वाचन आफै गराउने अभिव्यक्ति दिएपनि उनकै दलका नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमले सरकारको विकल्प खोजिरहेको देउवाको भनाई छ । सो अवसरमा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य गगन थापा, दीपक गिरी र किशोरसिंह राठौरले पनि सम्वोधन गरेका थिए । नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले सभापति देउवा सहित केन्द्रिय सदस्यहरुलाई स्वागत गर्दै बाँकेको विकासका लागि पहल गरिदिन आग्रह गरिन् । देउवालाई कांग्रेस कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

Womui
Womui