सवा लाख रुपैयाँ सहित जुवाडे पक्राउ

39

नेपालगन्ज, असार १–
बाँके प्रहरीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले ५ गड्डी ताससहित १ लाख २३ हजार ७ सय ७० रुपैया समेत बरामद गरेको छ । विशेष सूचनाका आधारमा पुगेको प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बाट जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभियुक्तको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

Womui
Womui