युथ युनिटी कपमा ज्ञानदीप सेमिफाइनलमा

130

नेपालगन्ज, जेठ २७–
नेपालगन्जमा सञ्चालित ‘युथ युनिटी कप महिला फुटबल’ प्रतियोगितामा बिहीबार ज्ञानदीप माध्यामिक बिद्यालय कम्दी सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा सम्पन्न खेलमा गुराँस चाइल्डहुड सितापुरलाई ३–० गोलले हराउँदै ज्ञानदीप मावि विजयी भयो । ज्ञानदीपका तर्फबाट सबिना तामाङले २ र पुजा क्षेत्रीले गरेको १ गोल गरेका थिए ।

गुराँस चाइल्डहुड सितापुर र ज्ञानदीप माविका खेलाडी बिहीबार रंगशालामा प्रतिस्पर्धा गर्दै ।
गुराँस चाइल्डहुड सितापुर र ज्ञानदीप माविका खेलाडी बिहीबार रंगशालामा प्रतिस्पर्धा गर्दै ।

प्रतियोगितामा शुक्रबार दिउँसो ३ बजे हुने पहिलो सेमिफाइनल खेलमा दीपज्योती विद्याश्रम कोहलपुर र बिहानी युवा क्लब बेलभार तथा दोस्रो खेलमा ज्ञानदीप मावि र साइनिङ स्टार एकेडेमी सम्शेरगन्जबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जेठ २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ वटा समुह सहभागी भएका छन् । राइजिङ आइडल्स र जिल्ला युवा क्लब सञ्जाल बाँकेको संयुक्त आयोजना तथा बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा बुधबारबाट प्रतियोगिता सञ्चालनमा आएको हो ।

Womui
Womui