मध्यपश्चिमलाई यु–१७ क्रिकेटको उपाधी

41

कोहलपुर, जेठ २७–
यु–१७ राष्ट्रिय टि–२० क्रिकेट लिगको उपाधी मध्यपश्चिम क्रिकेट क्लबले हात पारेको छ । कोहलपुरमा बिहीबार सम्पन्न फाइनल खेलमा मध्यपश्चिमले न्यू राईजर नेपालगन्जलाई ४ विकेटले पराजित गर्दै उपाधी जितेको हो । टस जितेर पहिले ब्याटिङ थालेको न्यू राईजरले १५ ओभर खेल्दै ९ विकेटको क्षतिमा १०७ रन बनाउन सफल भयो । जसका लागि सदाव अन्सारीले ३१ र शिव डाँगीले २५ रन जोडे । १०८ रनको लक्ष्य पछ्याएको मध्यपश्चिमले १३.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो ।

Kriket pic khp

उसका लागि प्रनित थापाले ६ चौका र ३ छक्काको मद्दतले अर्धसतकको पारी खेले । खेलको म्यान अफ द म्याच पनि मध्यपश्चिमका प्रनित थापा घोषित भए । विजेता भएसँगै मध्यपश्चिमले ५१ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै उप–विजेता न्यू राईजरले २१ हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगीतामा वेस्ट बलर न्यू राईजरका उमेश चन्द, वेस्ट ब्याट्सम्यान मध्यपश्चिमका समसुद्दिन अन्सारी, प्लेयर अफ द सिरिज न्यू राइजरका पवन गुरुङ, राईजरिङ प्लेयरद्वय मध्यपश्चिमका सामन्त शाही र नेपाल स्टारका संकेत पुन घोषित भए ।

Womui
Womui