ट्रकले ठक्कर दिदाँ युवकको मृत्यु

42

नेपालगन्ज, असार १–
भारतीय ट्रकको ठक्करबाट एक नेपाली युवकको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगन्जतर्फ गइरहेको भारतीय नम्बर प्लेटको ट्रकले मोटरसाइकलमा ठक्कर दिँदा नेपालगन्ज–२६ राँझाका विजयी बर्माको मृत्यु भएको हो । नेपालगन्जतर्फ आइरहेको युपी २२ टी ५५४ ट्रकले बर्मा सवार भे १ ख ९९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मंगलबार राति ९ बजे राँझा नजिक ट्रकले मोटरसाईकलमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट बर्माको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

Womui
Womui