‘व्यवस्थापन पक्ष र टे«ड युनियनबीच सहकार्य’

110

नेपालगन्ज, जेठ २७–
व्यवस्थापन पक्ष र टे«ड युनियनबीच सहकार्यले मात्र संस्थाको विकास हुनेमा जोड दिइएको छ । नेपाल वित्तिय संस्था कर्मचारी संघ नेपाल ग्रामिण विकास बैंक लिमिटेड क्षेत्रीय समिति नेपालगन्जको प्रथम क्षेत्रीय अधिवेशनको उद्घाटन शत्रमा बोल्ने बक्ताले बिहीबार यस्तो कुरामा जोड दिएका हुन् । कर्मचारीको योगदानलाई व्यवस्थापन पक्षले भुल्न नहुने सुझाव दिदै बक्ताहरुले ट्रेड युनियनले राखेका माग पुरा गर्ने नाममा संस्थालाई धरासायी बनाउन नहुने बताए ।

संघको प्रथम क्षेत्रीय अधिवेशन उद्घाटन कार्यक्रममा उपस्थित अतिथी ।
संघको प्रथम क्षेत्रीय अधिवेशन उद्घाटन कार्यक्रममा उपस्थित अतिथी ।

नेपाल वित्तिय संस्था कर्मचारी संघ नेपाल ग्रामिण विकास बैंक लिमिटेड क्षेत्रीय समितिका अध्यक्ष चोपराज ढकालको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, सांसदहरु बादसा कुर्मी र मैकुलाल बाल्मिकी, जिल्ला सचिव तप्त पौडेल, नेपाल वित्तिय संस्था कर्मचारी संघ नेपाल ग्रामिण विकास बैंकका केन्द्रिय अध्यक्ष पर्शुराम खनाल, केन्द्रिय सदस्यहरु राजेन्द्र केसी, रामशंकर बस्नेत, सदस्य सचिव रमेश जिसी, कांग्रेस महासमिति सदस्य नारायण गौडेल, हुर्मत न्यौपाने लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

Womui
Womui