कोहलपुरमा इलाका प्रशासन कार्यालय स्थापना

109

कोहलपुर, जेठ २७–
कोहलपुर नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । कार्यालयको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले नागरिकको घरदैलोमा सेवा उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता भएको बताए । संघिय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेको स्थानीय संरचना गाउँ तहसम्म विस्तार गर्नेतर्फ सरकार क्रियाशिल भएको उनको भनाई छ ।

Elaka Prasasan office Khp

संविधान जारी भएपछि मुलुकको राजनीतिक लडाई समाप्त भएको दाबी गर्दै गृहमन्त्री बस्नेतले संविधानले कसैलाई पनि विभेद नगरेको बताए । बस्नेतले भने, ‘सरकारले बजेटमार्फत ल्याएको नीति तथा कार्यक्रम जनमुखी र विकासमुखी छ, यसमा कसैले रुवाबासी गर्नुपर्ने अवस्था छैन ।’

इलाका प्रशासन कार्यालयमा शाखा अधिकृत सहित दुई जना नायब सुब्बा, एक सह–लेखापाल, एक कम्प्युटर सहायक र दुई जना कार्यालय सहयोगीको व्यवस्था गरिएको गृहमन्त्रालयले जनाएको छ । उक्त कार्यालय स्थापना भएपछि कोहलपुर नगरपालिका सहित आसपासका ७ वटा गाविसका बासिन्दाहरु नागरिकता लगायत कामका लागि जिल्ला प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने माग राख्दै कोहलपुर क्षेत्रका बासिन्दाले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

Womui
Womui