मोटरसाइकल खोजी दोषीलाई कारबाही गर्न युनियनको माग

55

नेपालगन्ज, जेठ २७–
पत्रकार विजय मल्लको मोटरसाइकल कार्यालय परिसरबाटै चोरी भएको घटनाप्रति नेपाल प्रेस युनियन बाँकेले ध्यानार्कषण भएको जनाएको छ । नेपालगन्जस्थित सदभाव दैनिक कार्यालय अगाडी न्यूरोडमा ह्याण्डिल लग गरेर पार्किङ गरिएको भे ३ प ९४८० नम्बरको यमाहा कम्पनीको एस.जेट.आर. (कालो रङको) मोटरसाइकल बुधबार राती चोरी भएको थियो ।

Press-Union.jpg

युनियन बाँकेका सचिव अर्जुन ओलीले बिहीबार एक विज्ञप्ती प्रकाशित गरेर घटनाप्रति ध्यानार्कषण भएको जनाउँदै पछिल्लो समयमा नेपालगन्ज क्षेत्रमा शान्ति सुरक्षामा सुधार आएको प्रहरीले दाबी गरिरहेका बेला पत्रिका कार्यालय अगाडीबाट मोटरसाइकल चोरी हुनुले शान्ति सुरक्षाप्रति प्रश्न चिन्ह खडा भएको बताएका छन् ।

युनियनका कार्यसमिति सदस्य तथा सदभाव दैनिकका प्रमुख समाचारदाता मल्लको उक्त मोटरसाईकल तत्काल खोजी गरी चोरीमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न प्रहरी, प्रशासनसँग युनियनले माग गरेको छ । साथै रिर्पोटिङको शिलशीलामा अहोरात्र खटिने सञ्चारकर्मीहरुका सवारी साधन र उपकरणहरुको सुरक्षातर्फ विशेष सहयोग पु¥याउन सम्वन्धित पक्षलाई विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

Womui
Womui