विप्लप माओबादीका तीन कार्यकर्ता पक्राउ

48

नेपालगन्ज, जेठ २७-
नेत्रविक्रम चन्द (विप्लप) माओवादीका तीन कार्याकर्तालाई प्रहरीले बाँकेमा पक्राउ गरेको छ । बुधबार दिउँसो र बेलुका नेपालगन्जका विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । विप्लप माओवादीले आज गरेको नेपाल बन्दको पुर्व सन्ध्यामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवम् भेरी ब्यूरो संयोजक चक्र बिसी, बाँके जिल्लाका अध्यक्ष भरत रावल र अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष अंकित भट्टराई रहेका छन् ।

Womui
Womui