बन्दकर्ताले ट्याक्सी जलाए, पेट्रोल बमसहित पक्राउ

42

काठमाडौं, जेठ २७–
नेत्र विक्रम चन्द(विप्लप) समुहको माओबादीले गरेको बन्दका क्रममा बन्दकर्ताले राजधानीमा चालकसहित ट्याक्सीमा आगजनी गरेका छन् । कोटेश्वरदेखि कंलकी जानुपर्ने भन्दै ट्याक्सीमा चढेका दुई जनाले केही पर लगेर आगजनी गरेको एसएसपी सुशील भण्डारीले नागरिकन्युजलाई बताए । उनका अनुसार सुवास परियार चालक रहेको बा१झ ८२०६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो । त्यस्तै बन्द गराउँदै हिँडने दुई जनालाई पेट्रोल बमसहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई भक्तपुरबाट पक्राउ गरिएको हो । यता काठमाडौंको विभिन्न स्थानमा बन्द गराउँदै हिँड्ने २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका एसएसपी विक्रम सिंह थापाका अनुसार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका केन्द्रीय सभापति योगेन्द्र कुमाल र विष्णुहरि अधिकारीलाई कालिमाटीबाट नियन्त्रणमा लिएको छ । बन्द गराउँदै हिँडेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए । त्यस्तै ललितपुरका एसएसपी पितम्बर अधिकारी अनुसार ललितपुर जिल्लाबाट १२ जनालाई नियन्त्रणमा लिएको छ ।

Womui
Womui