सल्यानमा जीप दुर्घटना हुँदा २ को मृत्यु

93

सल्यान, जेठ २४–
जीप दुर्घटनामा परी सल्यानमा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १९ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट सल्यानको गर्पा द्धारपानीका लागि छुटेको ग १ ज ५५६० नम्वरको जीप आइतबार साँझ रिम–८ खालीमा दुर्घटना हुँदा सल्यान गर्पा–७ की ९ महिने बालिका सफलता बुढा र सोही ठाउँकै ७१ वर्षीया मैती घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी कपुरकोटका इञ्चार्ज झकबहादुर कुँवरले बताए । दुर्घटनामा गम्भीर घाइते भएका सल्यान गर्पा–९ का भीम रानालाई दाङको तुलसीपुरको राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगन्ज रिफर गरिएको छ ।

बाँकी १८ जना मध्घाये केहीको राप्ती अञ्चल अस्पताल तुलसीपुर र केहीको सल्यानका स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । क्षमता भन्दा बढी यात्रु बोकेकाले जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनापछि जीप चालक फरार भएको प्रहरीले जनाएको छ ।

Womui
Womui