निजामतीभित्र सरुवा–बढुवामा ‘भाँडभैलो’ सुरु

58

काठमाडौं, जेठ २४–
विभागीय कारबाही भइरहेका कर्मचारीलाई समेत कार्यसम्पादन मूल्यांकनको पूरा नम्बर दिइएको छ । कारबाहीबाट जोगाउन सरुवा गरिएको छ । पुनरावलोकन समितिमा कुनै दुईजनाले त कुनै एकजनाले मूल्यांकन गरेको छ । कार्यसम्पादन मूल्यांकन फाराममा कर्मचारीको दस्तखत, दर्ता नम्बर, मिति र संकेत नम्बर समेत छैन । यस्तो भाँडभैलो पारारले हुँदैन । अलि गम्भी हुनुपर्यो,’ सामान्य प्रशासन मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले भनिरहँदा सबै मन्त्रालयका सहसचिव आँखा जुधाइरहेका थिए ।

सामान्य प्रशासन मन्त्रालयले सरुवा, बढुवा सहमति, कार्यसम्पादन मूल्यांकन र बढुवाको विषयलाई लिएर अन्य सबै मन्त्रालयका कर्मचारी प्रशान हेर्ने महाशाखा प्रमुखलाई आइतबार मन्त्रालयमा बोलाएर कमीकमजोरी औँल्याइएको थियो । पौडेलले गरेको प्रस्तुतिमा कर्मचारी प्रशासन हेर्ने सहसचिवले रिक्त पद भन्नेबित्तिकै कहाँ कति हो भनेर नखुलाउने, काजको व्यवस्थालाई सुविधाका रुपमा प्रयोग गर्ने र मूल्यांकनमा ९५ प्रतिशतभन्दा बढी र ७५ प्रतिशतसम्म कम नम्बर दिँदासमेत कारण नखुलाउने गरेको उल्लेख थियो । केही मन्त्रालयले पुनरावलोकन समितिले मूल्यांकन महलमा रेजा वा अंक लेखी मूल्यांकन नगरे पनि कुल प्राप्तांकमा अंक जोडेर पठाउँदै आएको प्रति पौडेलले गुनासो गरेका थिए । अन्नपूर्ण पोस्टमा समाचार छ ।

Womui
Womui