छिनछिनमा बिद्युत काटिदाँ उपभोक्तालाई सास्ती

126

नेपालगन्ज, जेठ २२–
लोड सेडिङ तालिका भन्दा बाहिर गएर बिद्युत काटिदा चर्को गर्मिमा नेपालगन्जबासीले सास्ती खेपेका छन् । एक त घण्टौं लोडसेडिङ त्यसमा पनि भोल्टेज तलमाथि हुदाँ सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ, भने उद्योग, व्यवसाय क्षेत्र पनि धरासायी भएको छ । प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार बागेश्वरी, सिटी, परस्पुर, इष्टर्न, बोर्डर, औद्योगिक, एयरपोर्ट, हवाई, खजुरा, फुलटेक्रा र ग्रामिण फिडरमा दैनिक रुपमा ९ घण्टा सम्म लोडसेडिङ गरिन्छ । तालिका भन्दा बढी बिद्युत अवरुद्ध हुन थालेपछि उपभोक्ताहरु यतिबेला आक्रोसित भइरहेका छन्् । एक उपभोक्ताले भने, ‘बिद्युतले अनगिन्ती रुपमा बत्ति काटेर हैरान पार्यो, प्रचण्ड गर्मिमा बिद्युतको साहारा बिना कसरी बस्नु र ?’ बिद्युत अनियमितसँगै ‘लो’ भोल्टेजको समस्या रहेको उपभोक्ताको भनाई छ ।

Bidhut Station NPJ

बिद्युत अनियमित हुदाँको असर यहाँका सञ्चार माध्यमहरुमा समेत परेको छ । यहाँका एफएम रेडियो बन्द हुने र दैनिक पत्रिकाको प्रकाशन नियमित नहुने समस्या छ । सकभर बिद्युत नहुने, बिद्युत भएपनि भोल्टेज नपुग्ने समस्याले मेसिन नचल्दा पत्रिका छाप्न नसकिएको सदभाव प्रिन्टिङ प्रेसका अप्रेटर राज पौडेलले बताए । ‘बिद्युत कतिखेर आउला भनेर रातभर नसुतेर कुर्नुपर्ने बाध्यता छ, बिद्युत आएपनि कहिले काही त मेसिन चल्नै नसक्ने भोल्टेज हुन्छ,’ उनले भने । कुनै समयमा लोडसेडिङ मुक्त शहरका रुपमा परिचित भएपनि नेपालगन्जमा तीन वर्षदेखि बिद्युत समस्या बढी मात्रामा सिर्जना हुन थालेको हो । करिव ४ दशकअघि भारतको नानपाराबाट आयात गरिएको बिद्युत यहाँ खपत हुन्छ । भारतले तत्कालिन समयमा दैनिक ५ मेगावाट बिद्युत दिने सम्झौता भएपनि अहिले १० देखि ११ मेघावाट बिद्युत दिइरहेको छ । यसका साथै राष्ट्रिय प्रशारण लाइनबाट दैनिक तीन मेघावाट बिद्युत आइरहेको छ ।

दैनिक २० मेघावाट माग भइरहेको नेपालगन्जमा बिद्युत लोडसेडिङ र लो भोल्टेज समस्या समाधान हुन सकेको छैन । प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले भने गर्मीको समयमा बिद्युतको लोड अत्यधिक बढेका कारण समस्या बल्झिएको बताएको छ । वितरण केन्द्रका प्रमुख उमेशकुमार झाले लाइनमा आएको गडबडीले गर्दा बिद्युत अनियमित हुने गरेको प्रतिक्रिया दिए । उनले भने, ‘कुनै फिडरमा समस्या आउने बित्तिकै त्यहाँ लाईन काटेर मर्मत गर्नुपर्ने हुन्छ, एक ठाउँको समस्याले त्यो बेला सबै उपभोक्तालाई मर्का पर्छ ।’ बिहीबार बेलुका नगरका विभिन्न ठाउँमा ट्रान्सफर्मर जलेपछि नेपालगन्जको अधिकांस ठाउँमा करिव १६ घण्टा बिद्युत अवरुद्ध भएको थियो । मर्मतपछि शुक्रबार दिउँसो आएको बिद्युत बेलुका पनि छिनछिनमा बिद्युत अवरुद्ध हुने क्रम रोकिएन् ।

Womui
Womui