‘नेपालगन्ज फोटो फेस्टिभल’ हुने

72

नेपालगन्ज, जेठ २२–
आगामी असार १० र ११ गते ‘नेपालगन्ज फोटो फेस्टिभल’ हुने भएको छ । अन्तरालको व्यवस्थापनमा फोटो फेस्टिभल हुन लागेको हो । फेस्टिभलमा यस क्षेत्रमा कार्यरत सञ्चारकर्मी र सर्वसाधारणहरुले खिचेका तस्बिरहरु समावेश गरिनेछ । पर्यटन, कला सँस्कृती, खेलकुद, वन्यजन्तु, घटनाक्रम र न्यूजफोटोहरु मध्येबाट फेस्टिभलका लागि छनोट गरिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । जेठ मसान्तभित्र तस्बिर संकलन गरिने उनको भनाई छ ।

शाहले भने, ‘पछिल्लो समय फेसबुक र अत्याधुनिक मोबाइल फोनका कारण पनि फोटोग्राफी क्रेज बढ्दै गएको पाइएकाले सर्वसाधारणलाई पनि फेस्टिभलमा सहभागी गराउन लागिएको हो ।’ विधागत रुपमा फोटो छनोट गरिएपछि प्रदर्शनीमा समावेश गरिने र केहीविधामा यसैवर्षदेखि उतकृष्ठ फोटोलाई पुरस्कृत गरिने उनले बताए । साथै फेस्टिभलमा सहभागी सबै फोटो पत्रकार÷फोटोग्राफरसँग अन्तरक्रिया समेत गरिने आयोजकले जनाएको छ ।

Womui
Womui