वडा नागरिक मञ्चलाई सामाग्री प्रदान

69

नेपालगन्ज, बैशाख २७–
बाँकेको राप्तीपारीस्थित ४ वटा गाउँ विकास समिति अन्तर्गत रहेका वडा नागरिक मन्चलाई विभिन्न सामाग्री प्रदान गरिएको छ । होलिया, गंगापुर, मटेहिया र नरैनापुरका ३६ वटा वडा नागरिक मन्चका संयोजकलाई बाँके युनेस्को क्लबले सामाग्री प्रदान गरेको हो । वडा नागरिक मञ्चको मासिक बैठक नियमित र प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि प्रोत्साहन स्वरुप ३६ जना संयोजकलाई बाकस, त्रिपाल, कैची, रजिष्टर, मार्कर, स्टेपलर, पिन, ग्लास, स्ट्याम्प प्याड लगायत सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।

Samagri Photo

क्लबका अध्यक्ष प्रवेजअली सिद्दीकी, कार्यकारी निर्देशक रवि तुलाधर, साझेदारी विकास परियोजनाका कार्यक्रम संयोजक साजिद अली सिद्दिकी लगायतले वडा नागरिक मञ्चका संयोजकलाई छुट्टा–छुट्टै कार्यक्रमका बीच सामाग्री हस्तान्तरण गरेका हुन् ।

Womui
Womui