रुक्मिणीको पूण्यतिथीमा छात्रालाई सहयोग

97

नेपालगन्ज, बैशाख २७–
असल शासनकर्मी स्व. रुक्मिणी शाहको ८ औं बार्षिक पूण्यतिथीका अवसरमा बागेश्वरी असल शासन क्लब(बास)ले एक छात्रालाई सहयोग गरेको छ । मोतिपुर–६ मटेरियाकी निवासी घरेलु हिंसा पीडित सितारानी चौधरीकी छोरी सरस्वती चौधरीलाई सहयोग गरिएको हो । शाहको सम्झनामा बासले स्थापना गरेको रुक्मिणी स्मृती अक्षय कोषबाट सोमबार एक कार्यक्रमका बीच सरस्वती उच्च माबि कक्षा ९ मा अध्ययनरत चौधरीलाई २ हजार ५ सय नगद, झोला, २ दर्जन कापी, १ दर्जन डट्पेन, १ वटा ज्यामिट्री बक्स प्रदान गरियो ।

Help Photo

सरस्वती उच्च माबिका प्राचार्य सुरेशकुमार परशैला, स्थानीय शान्ति समिति बाँकेका संयोजक तेजबिक्रम शाह र रुक्मिणीका दाजु एवम् बासका कार्यकारी निर्देशक नमस्कार शाहले छात्रालाई सहयोग हस्तान्तरण गरेका थिए । बिद्यालयका अनुसार सरस्वती जेहन्दार बिद्यार्थी हुन् । कार्यक्रममा बोल्दै बासका कार्यकारी निर्देशक शाहले घरेलु हिंसाबाट पीडित सरस्वतीलाई कक्षा ९ देखि कक्षा १० सम्म अध्ययन गर्दा लाग्ने सबै खर्च अक्षय कोषबाट व्यहोर्ने बताए । उनले भने, ‘पढाइमा लाग्ने शुल्क बिद्यालयलाई र अन्य खर्च छात्रालाई उपलब्ध गराईनेछ ।’ प्राचार्य परसैलाले अक्षय कोषबाट बिद्यार्थीलाई पठन–पाठनमा गरिएको सहयोग सह्रानिय कार्य भएको बताए ।

स्थानीय शान्ति समितिका संयोजक शाहले दिवंगत शाहको सम्झनामा परोपकारी कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । सहयोग पाएपछि छात्राकी आमा सीतारानीले खुसी व्यक्त गरिन् । उनले भनिन्– ‘अब छोरीका लागि पढाई खर्चको चिन्ता हुने छैन ।’ स्व. रुक्मिणीको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो, भने शाहको तस्विरमा पुष्प र अविर अर्पण गरिएको थियो । यसैगरी सोमबार नै बागेश्वरी मन्दिरमा रहेका अशक्त, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई फलफुल वितरण गरिएको बासले जनाएको छ । स्व. रुक्मिणीको स्मृतीमा बासले ५० हजारको रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरेको छ ।

Womui
Womui