नौ बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दायर

48

काठमाडौ, बैशाख २७–
नेकपा एमाले र एकिकृत नेकपा माओबादीबीच हालै भएको नौ बुँदे सम्झौताविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । संक्रमणकालीन न्याय, मानव अधिकार र न्यायपालिकाको स्वतन्त्रता माथि हस्तक्षेप गरेको भन्दै त्यसविरुद्ध रिट दायर भएको हो । अधिवक्ताहरु अनन्तराज लुईटेल, केदार लुईटेल, मनोज खड्का, प्रविन्द्रराज जोशी र रुद्र पाठकले दायर गरेको रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले तथा एमाओवादी पार्टीलाई विपक्षी बनाइएको छ ।

सर्वोच्च अदालतले दुई पटक गरेको फैसलालाई अटेर गर्ने उद्देश्यका साथ दलहरुकाबीचमा गैरकानुनी सम्झौता भएको निवेदनमा दाबी गरिएको छ । संक्रमणकालीन मुद्दाहरुको किनारा गर्न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोग गठन गरेको अवस्थामा दलहरुकाबीचमा यसरी सम्झौता हुनु गैरकानूनी कदम भएको जनाइएको छ ।

Womui
Womui