म्याग्दीमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु

58

म्याग्दी, बैशाख २७–
म्याग्दीको निस्कोटमा जीप दुर्घटना भएको छ । जिल्लाको दोस्रो ब्यापारिक केन्द्र दरवाङबाट निस्कोट तर्फ जाँदै गरेको ग १ ज ५१०६ नम्बरको बोलेरो जिप सोमबार निस्कोट–४ कोदालीबाङ भन्ने ठाँउको भीरबाट खसेर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दियो । दुर्घटनामा पाँच जना घाईते भएका छन् ।

दुर्घटनामा चालक सहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । मृतक मध्ये चालक ताकम–८ सिवाङका मनबहादुर छन्त्याल, निस्कोट–४ की भोमति विक,निस्कोट–६ की सुनमायाँ विक र निस्कोट–६ की दिलसरी सेती विकको शव पहिचान भएको छ ।

Womui
Womui