बँदेलको आक्रमणबाट दर्जन बढी घाइते

35

सल्यान, बैशाख २४–
सल्यानमा बँदेलको आक्रमणबाट दर्जन बढी व्यक्ति घाइते भएका छन् । जिल्लाको पश्चिमी क्षेत्र देवस्थल, मूलखोला, घाँजरीपिपल गाउँ विकास समितिमा बँदेलको आक्रमणका कारण दर्जन बढी व्यक्ति घाइते भएका हुन् । बिहीबार बेलुका बँदेलको आक्रमणबाट देवस्थल गाविस बाग्गचौरका गोपाल विष्ट, माल्पे–२ का चीनबहादुर सार्की, सोही ठाउँका गोविन्द पुन, मूलखोला–८ राउँचेका नवीन साहु गम्भीर घाइते भएका छन् ।

खोलाको किनारको बाटोमा हिँड्दै गर्दा उनीहरुलाई बँदेलले आक्रमण गरी घाइते बनाएको घाइते टेकबहादुर बूढाले जानकारी दिएका छन् । यसअघि वैशाख २२ गते घाँजरीपिपल–८ सुनौलीबजारका अम्मर बस्नेत, खामखोलीका टेकबहादुर बूढालाई बँदेलले आक्रमण गरी घाइते बनाएको बूढाले बताए । आक्रमणबाट गम्भीर घाइते भएका अम्मर बस्नेत र गोपाल विष्टको नेपालगन्जमा उपचार भइरहेको दुर्गा बिसीले जानकारी दिएका छन् ।

Womui
Womui