राष्ट्रिय सुरक्षा नीति पारित

67

काठमाडौँ, बैशाख २४–
लामो समयको प्रयासपछि राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय सुरक्षा नीति पारित गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले धेरै लामो समयको छलफल, सुझाव, विश्लेषणपछि शुक्रबार बसेको परिषद्को बैठकले सुरक्षा नीति अनुमोदन गरेको बताए । सुरक्षा नीतिलाई अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइने जानकारी दिए ।  ‘कतिपयलाई सुरक्षा नीति भनेको सेना, प्रहरी र अनुसन्धान विभागलाई मात्रै समेट्छ कि भन्ने परेको छ, वास्तवमा यो नीतिले पर्यावरण सुरक्षादेखि प्राकृतिक सुरक्षा, मानवीय सुरक्षा एवम् समग्र राष्ट्रको सुरक्षा समेट्छ,’ उनले भने । सुरक्षा ऐनलाई परिषद्ले यसअघि नै पारित गरी कानुन मन्त्रालय हुँदै रक्षा मन्त्रालयमा पुगेको र अब मन्त्रिपरिषद्मा आउने चरणमा रहेको उनले जानकारी दिए ।

Womui
Womui