भारतका लागि नेपाली राजदूत उपाध्याय तानिए

67

काठमाडौं, बैशाख २४–
राष्ट्रपतिको आसन्न भारत भ्रमण रोकिएसँगै भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय फिर्ता हुने भएका छन् । पराराष्ट्र स्रोतका अनुसार उपाध्यायले अनुमति विना कार्यक्षेत्र छोडेको, सरकार परिवर्तनको खेलमा लागेको र भारतीय राजदूत रञ्जित रे सँग संयुक्त कार्यक्रम गरेको आरोपमा सरकारले फिर्ता बोलाउन लागेको हो । सुरुमा सरकारले उनीसँग राजीनामा मागेपनि त्यसो हुन नसकेपछि फिर्ता बोलाइएको स्रोतले जनाएको छ । उपाध्याय नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री समेत हुन्। उनलाई तत्कालीन सुशील कोइराला सरकारले भारतको लागि राजदूत नियुक्त गरेको थियो ।

Womui
Womui