ठकुरी समाज महासंघको महाधिवेशन हुदै

114

नेपालगन्ज, बैशाख २४–
ठकुरी समाज महासंघ, नेपालको तेस्रो महाधिवेशन शनिबारबाट नेपालगन्जमा हुदैछ । ठकुरीहरुको अभियान, शान्त र समृद्ध नेपालको पहिचान भन्ने मुल नारा सहित हुन लागेको महाधिवेशनको उद्घाटन बिहान ११ बजे हुनेछ । कार्यक्रमका प्रमुख अतिथी एवम् बर्दिया जिल्ला अदालतका न्यायाधिस लोकजंग शाहले महाधिवेशन उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा ठकुरी समुदायहरु आफ्नो भेषभुषा सहित उपस्थित हुनेछन् । महासंघले तयारी पुरा भएको जानकारी दिएको छ ।

Thakuri-Mahasang-Press Meet

पत्रकार भेटघाट गरेर महासंघका अध्यक्ष कमलबहादुर मल्लले महाधिवेशनबाट ठकुरीको हक, अधिकारका लागि महत्वपुर्ण निर्णय समेत पारित हुने बताए । मुलुकका ३४ जिल्लामा रहेका साढे ३ सय जना प्रतिनिधी महाधिवेशनमा सहभागि हुने उनले जानकारी दिए । अध्यक्ष मल्लका अनुसार उक्त महाधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महासंघका उपाध्यक्ष राजविक्रम शाहले मध्यपश्चिमका विभिन्न जिल्लामा ठकुरीको बसोबास उल्लेख्य मात्रामा रहेको बताए ।

Womui
Womui