कांग्रेसले सञ्चालन गर्यो हस्ताक्षर अभियान

41

काठमाडौं, बैशाख २२–
आवश्यकता अनुसार प्रयोग गर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हस्ताक्षर अभियान सुरु गरेको छ । कुनै प्रयोजन नखुलाई आवश्यकता अनुसार भन्दै कांग्रेसले आफ्ना सांसदहरुको हस्ताक्षर अभियान सुरु गरेको सांसद रामहरि खतिवडाले जानकारी दिए । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको नाम सबैभन्दा माथि राखिएको छ । पार्टी सभापति भनेर देउवाको नाम देखिएको छ भने बाँकी सदस्यको नाम अल्फाबेटका आधारमा लेखिने कांग्रेसले जनाएको छ ।

Womui
Womui