नक्कली प्रमाणपत्रधारी को–पाइलट पक्राउ

109

काठमाडौं, बैशाख २२–
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विमान चालक अनुमति पत्र लिइ विमान उडाउँदै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। गोमा एयरको को–पाइलटमा कार्यरत नक्कली प्रमाणपत्रधारी धनुषाको भरतपुर–१ स्थायी घर भएका ३६ वर्षीय विकास कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार फिलिपिन्सबाट पाइलट कोर्ष पढेका उनले काठमाडौंको अमृत साइन्स क्याम्पस(अस्कल)को नाममा आइएस्सीको प्रमाण पत्र नक्कली बनाएका थिए । उनी भारतको लखनउको एक कलेजमा आइएस्सी अध्ययनका लागि भर्ना भएको देखिएको पनि प्रहरीले जनाएको छ । उनले नक्कली शैक्षिक प्रमाणका अधारमा नक्कली चालक अनुमति पत्र बनाएका हुन् । उनको नक्कली विमानचालक अनुमति पत्र नं. सीटीएल (ए) ४८६ रद्ध गरिएको छ ।

Womui
Womui