बाँके प्रशासन अगाडी सांकेतिक धर्ना

142

नेपालगन्ज, बैशाख २०–
जिल्लामा सुशासन बहालीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा सांकेतिक धर्ना दिइएको छ । भ्रष्टाचार विरुद्ध क्रियाशिल बागेश्वरी असल शासन क्लब (बास)को आयोजनामा भ्रष्टाचार विरुद्ध शुद्धिकरण (सत्याग्रह) कार्यक्रममार्फत बाँके सहित सोमबार झापा, स्याँजा, नवलपरासी, दोलखा प्रशासन कार्यालयमा पनि धर्ना दिइएको हो । भ्रष्टाचार विरुद्धका सन्देशमूलक प्लेकार्ड सहित १० बजेदेखि आधा घण्टा सम्म धर्नामा बसेका असल शासनकर्मीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै ध्यानाकर्षण गराएका छन् ।

Dharna pic

मुलुक भ्रष्टाचारको कुचक्रमा फसेर अशुद्ध बनेको उल्लेख गर्दै हरेक सरकारी निकाय तथा गैर सरकारी निकायमा हुने भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति र लापरबाहिका विरुद्ध शुन्य सहनशिलताको विकास गर्न, कुनै पनि सरकारी निकाएले बिना झण्झट सरल र सहज ढंगले जनतालाई सुविधा दिन सम्बद्ध निकायको ध्यानाकर्षण गराएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए । जिल्लामा सुशासन बहालीका लागि प्रमुख जिल्ला अधिकारीको अग्रणी भुमिका रहने कुराको आत्मबोध गर्दै ११ बुँदे ज्ञापन पत्र बुझाइएको उनले बताएका छन् ।

ज्ञापन पत्रमा जिल्लामा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गरिनु पर्ने, सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाईनुपर्ने, नियमित रुपमा हरेक निकायबाट सार्बजनिक सुनुवाई गरिने व्यवस्था मिलाईनुपर्ने, भ्रष्टाचार विरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरिनुपर्ने लगायत उल्लेख छ । धर्ना पश्चात बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई बासका केन्द्रिय अध्यक्ष मन भण्डारीले ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र बुझ्दै प्रजिअ पन्थले जिल्लामा सुशासन बाहालीका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

Womui
Womui