नेपालगन्ज गोल्डकपमा सुदुरपश्चिम फाइनलमा

122

नेपालगन्ज, बैशाख २०–

सुदुरपश्चिम–११ यति सिमेन्ट नेपालगन्ज गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै सोमबार सुदुरपश्चिम फाइनलमा पुगेको हो । सुदुरपश्चिमका जीवन चौधरीले दोस्रो हाफको ६० औं र विनोद केसीले ७६ औं मिनेटमा गोल गरेर टिमलाई जित दिलाएका हुन् । खेलको म्यान अफ द म्याच घोषित सुदुरपश्चिमका राकेश हमालले एउटा आर्कषक मोबाईल सेट पाए । खेलको ३८ औं मिनेटमा आर्मीका संजिव मोक्तानले गोल गरेर टिमलाई पहिलो हाफ सम्म टिमलाई अग्रता गराएका थिए । पहिलो हाफको निर्धारित समयसम्म आर्मीको नियन्त्रणमा रहेको बल दोस्रो हाफमा भने सुदुरपश्चिमले लियो ।

नेपालगन्ज रंगशालामा सोमबार सुदुरपश्चिम–११ (निलो) र त्रिभुवन आर्मी क्लबका खेलाडी भिड्दै ।
नेपालगन्ज रंगशालामा सोमबार सुदुरपश्चिम–११ (निलो) र त्रिभुवन आर्मी क्लबका खेलाडी भिड्दै ।

रुपन्देही–११ लाई हराएर यसअघि सेमिफाइनल प्रवेश गरेको आर्मी सुदुरपश्चिमसँग परायज भएपछि घर फर्किएको छ । खेल सम्पन्न भएपछि प्रतिक्रिया दिदै आर्मीका प्रशिक्षक डाइमोज धिमालले खेलमा पाएको मौका सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको बताए । उनले भने, ‘राम्रो मौका मिल्दा मिल्दै पनि हामीले गोल गर्न सकेनौं ।’ आर्मीका क्याप्टेन राजु तामाङले खेलाडीको अनुभवमा कमी, डिफेन्सले बल जोगाउन नसक्नु हार्नुको मुख्य कारण भएको बताए । ‘खेलाडीमा अनुभवको कमी थियो, जसले गर्दा डिफेन्स कमजोर भयो,’ उनले भने । आर्मीका केही सिनियर खेलाडीले झापामा हुन लागेको प्रतियोगिताको तयारी गर्नुपर्ने भएका कारण उनीहरु अनुपस्थित भएको र राम्रा खेलाडीको अनुपस्थित हुदाँको फाइदा सुदुरपश्चिमले लिएको उनको भनाई छ ।

सुदु्रपश्चिमकमा प्रशिक्षक सुरेश हमालले गाउँमा गरेको प्रशिक्षणले पनि आर्मीलाई हराउन सफल भएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘पहिलो पटक यो लेभलको प्रतियोगिता खेलेका हौं, हाम्रो खेलाडीले आजको खेल राम्रै खेलेका छन् ।’ उनले २०६० सालमा क्लब स्थापना गरेर खेलाडीलाई प्रशिक्षण दिदै आएका थिए । तर राष्ट्रिय स्तरको प्रतियोगिता खेल्नबाट बन्चित हुदै आएका थिए । आयोजक बाँके जिल्ला फुटबल संघका अनुसार प्रतियोगितामा मंगलबार वेष्ट काठमाडौं एफसी र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच सेमिफाइनल खेल हुनेछ । मंगलबार फाइनलमा प्रवेश गर्ने टिमले सुदुरपश्चिमसँग फाइनल खेल्नेछ ।

Womui
Womui