अग्नी पीडितलाई सेनाको सहयोग

41

नेपालगन्ज, बैशाख २०–
बाँके, खासकुश्मा–४ जरुवा गाउँका अग्नी पीडितलाई नेपाली सेनाले खाद्यान्न सामाग्री सहयोग गरेको छ । गोरख दल गण ओभरी, सम्शेरगन्जबाट गएको नेपाली सेनाले अग्नी पीडित दुरपति कुमाल र तिलकुमार बुढाथोकीको परिवारलाई खाद्यान्न सहयोग गरेको गणपति एवम् प्रमुख सेनानी(कर्णेल) जयन्द्र केसीले जानकारी दिए । उनका अनुसार प्रति परिवार ५० किलो चामल, १० किलो दाल, ५ किलो गेडागुडी, ५ किलो नुन र ३ लिटर तेल सहयोग गरिएको हो । गत चैत २७ गते आगलागी हुदाँ दुबै परिवार घरबार विहिन भएका थिए । कमजोर आर्थिक अवस्थाका कारण घर पुनःनिर्माण गर्न नसक्दा उनीहरुले आफन्तको घरमा लिइरहेका छन् ।

Womui
Womui