कक्षा १२ को परीक्षा सुरु

38

काठमाडौं, बैशाख २०-
कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । परीक्षा बिहान ७ बजदेखि परीक्षा सुरु भएको उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमी भक्तपुरले जनाएको छ । वैशाख ३१ गतेसम्म चल्ने परीक्षामा तीन लाख ४६ हजार चार सय २७ विद्यार्थी सहभागी भएका छन् । परीक्षाका लागि देशभर ९ सय २१ परीक्षा केन्द्र तोकिएको परिषदले जनाएको छ । परिषदका अनुसार कक्षा ११ को परीक्षा भने जेठ २ गतेदेखि सुरु भएर १२ गतेसम्म चल्नेछ ।

Womui
Womui