नेपालगन्ज गोल्डकपमा आज सेमिफाइनल

40

नेपालगन्ज, बैशाख २०-
नेपालगन्ज रंगशालामा जारी यति सिमेन्ट नेपालगन्ज गोल्ड कपमा सोमबार(आज)बाट सेमिफाइनल खेल सुरु हुने भएका छन् । अपरान्ह ४ बजे हुने सेमिफाइनल खेलमा सुदुरपश्चिम–११ र त्रिभुवन आर्मी क्लबबीच खेल हुने आयोजक बाँके जिल्ला फुटबल संघले जानकारी दिएको छ । सुदुरपश्चिमले उद्घाटन खेलमा नेपालगन्ज–११ लाई हराएको थियो, भने आर्मीले रुपन्देही–११ लाई हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो ।

 NPJ Gold Cup

आइतबार सम्पन्न खेलमा भारतको लखनउ–११ लाई २–१ ले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो । एपिएफले अब सेमिफाइनल खेल वेष्ट काठमाडौं एफसीसँग मंगलबार खेल्ने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा बैशाख १६ गतेबाट सञ्चालित प्रतियोगिता २३ गते सम्म चल्नेछ । प्रतियोगितामा विजेताले १ लाख ५१ हजार र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Womui
Womui