१४ औं आवधिक योजना, २९ खर्ब खर्चने लक्ष्य

69

काठमाडौं, बैशाख २०-
सरकारले आगामी तीन वर्ष चालू र पुँजीगत गरी करिब २९ खर्ब रुपैयाँ बजेट खर्च हुने आँकलन गरेको छ । राष्ट्रिय योजना आयोगले तयारी गरिरहेको १४ औं त्रिवर्षीय योजनाका लागि उक्त रकम खर्च गरिने भएको हो । देशको अवस्था प्रतिकूल रहे पनि सरकारले ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेर आवश्यक आयव्यय छिनोफानो गर्दै छ । आर्थिक वर्ष २०७३/७४ मा सुरु भएर २०७५/७६ मा सकिने योजनाका लागि २९ खर्ब ५ अर्ब ५५ करोड रुपैयाँ बजेट आवश्यक पर्ने आयोगले जानकारी दियो ।

आयोगका अनुसार आव २०७३/७४ का लागि ९ खर्ब ९ अर्ब, आव २०७४/७५ का लागि ९ खर्ब ६७ अर्ब र आव २०७५/७६ का लागि १० खर्ब २९ अर्ब रुपैयाँ बजेट चाहिने अनुमान छ । जसमा चालू १७ खर्ब ४८ अर्ब, पुँजीगत ७ खर्ब ३६ अर्ब र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २१ अर्ब रुपैयाँ खर्च हुने प्रक्षेपण छ । आव २०७३/७४ का लागि मात्र सरकारले ५ खर्ब ५५ अर्ब चालू, २ खर्ब २३ अर्ब पुँजीगत र १ खर्ब ३१ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनतर्फको सीमा तोकेको छ । त्यस्तै, आव २०७४/७५ र २०७५/७६ का लागि क्रमशः ५ खर्ब ८२ अर्ब चालू, २ खर्ब ४५ अर्ब पुँजीगत, १ खर्ब ४० अर्ब वित्तीय व्यवस्थापन र ६ खर्ब १० अर्ब चालू, २ खर्ब ३० अर्ब पुँजीगत, १ खर्ब ५० अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनको सीमा छ । आजको नागरिकमा खबर छ ।

Womui
Womui