महिला जागृति सेलको अध्यक्षमा श्रेष्ठ

221

नेपालगन्ज, बैशाख १९–
महिला जागृति सेल बाँकेको साधरण सभाले लक्ष्मी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति, पदाधिकारी चयन गरेको छ । संस्थाको उपाध्यक्षमा नन्दा श्रेष्ठ, सचिव बिना थापा ,सह–सचिव शिला श्रेष्ठ र कोषाध्यक्षमा सिता श्रेष्ठ रहेका छन् । यस्तै सदस्यमा रत्न राणा, गिता मल्ल, शान्ति जिसी, दुर्गा मानन्धर र फरमान सिद्धिकी चयन भए । महिला अधिकार स्थापित गर्नका लागि क्रियाशिल संस्थाले आइतबार संस्थाका महिलाको बाक्लो उपस्थितिमा साधारण सभा गरेको हो ।

mahila jagriti

साधारण सभामा समाजसेवी तथा कार्यक्रमका प्रमुख अतिथी नर्भदा शर्माले राज्यका हरेक निकायमा समान सहभागिता मात्र नभएर समान अधिकार जरुरी रहेको बताईन् । दातृ निकायको सहयोग विना क्रियाशील संघ, संस्थाको दिगोपनका लागि महिलाहरु स्वयंले थालेको प्रयासको प्रशंसा गरिन् ।

संस्थाका अध्यक्ष कान्ति भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार एवम् पुनरावेदन बार एशोसियशनका पूर्व अध्यक्ष लोकबहादुर शाह, गैर सरकारी संस्था महासंघ बाँकेका सचिव नमस्कार शाह, पूर्व सभासद् तथा महिला जागृति सेलका संस्थापक सदस्य मोहम्मदी सिद्धिकी लगायतले बोलेका थिए ।

Womui
Womui