श्रमिक दिवसका अवसरमा रक्तदान

56

नेपालगन्ज, बैशाख १९–
अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालगन्जमा आइतबार रक्तदान गरिएको छ । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संघ विभागिय कमिटि नेपालगन्जको आयोजनामा रक्तदान गरिएको हो । सो अवसरमा डा. पंकज गुप्ता, डा. सौरभ ढकाल, कर्मचारी भारदा शर्मा, निर्मला खाँड लगायत ९१ जनाले रक्तदान गरेका छन् । संघका अध्यक्ष खिमप्रसाद घिमिरेको सभापतित्व एवम् केन्द्रिय अध्यक्ष सुवास खनालको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा विशिष्ट अतिथी नेपालगन्ज मेडिकल कलेजका वित्तिय प्रवन्धक श्याम शर्मा लगायतको उपस्थिती रहेको थियो ।

Womui
Womui