सरकार फेर्ने कसरत सुरु

46

काठमाडौं, बैशाख २०–
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकारको विकल्प खोज्न आन्तरिक कसरत थालेको छ । मधेस समस्या समाधानका साथै संविधान कार्यान्वयनमा ओली नेतृत्व सरकार बाधक रहेको निष्कर्ष निकाल्दै कांग्रेसले नयाँ सरकार गठनका लागि सक्रियता बढाएको हो । सरकार गठन भएको ६ महिना बित्दासमेत मधेसका साथै आदिवासी जनजातिका माग सम्बोधन गर्न असफल भएको भन्दै कांग्रेसले एकीकृत माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलसँग अनौपचारिक छलफल सुरु गरेको छ । सभापति शेरबहादुर देउवालगायत नेताले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष कमल थापासहितसँग अनौपचारिक छलफल गरेका छन् ।

प्रदेश सीमांकनसहित मधेसी, आदिवासी जनजातिका माग वर्तमान सरकारबाट सम्बोधन हुन नसक्ने जनाउँदै कांग्रेस नेताहरूले विकल्प खोज्नुपर्ने जनाएका छन् । मुख्य समस्या समाधान गर्दै संविधान कार्यान्वयनका लागि नयाँ सरकार गठन गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । संविधानसभाबाट नयाँ संविधान जारी हुनु महŒवपूर्ण उपलब्धि भए पनि मधेसी, महिला, दलित, जनजातिका माग समबोधन गर्नुपर्ने जनाउँदै कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले प्रदेश सीमांकन, नागरिकतालगायत मुद्दा समाधान गर्न ओली नेतृत्वको सरकार तयार नरहेको आरोप लगाए ।

अर्का केन्द्रीय सदस्य शेखर कोइरालाले तराई/मधेस, जनजातिका मुद्दा, प्रदेश सीमांकन, धर्म्निरपेक्षता र संघीयतालाई एक ठाउँमा राखेर समधान खोज्नुपर्ने भए पनि सरकार त्यसका लागि गम्भीर नभएको बताए । मुलुकमा व्याप्त भ्रष्टाचार र कालोबजारी रोक्नुका साथै संविधान कार्यान्वयनमा सबैको ध्यान जानुपर्ने बताउँदै कोइरालाले तराई मधेसको समस्या समाधान गर्नेगरी कांग्रेस सरकारमा जानुपर्ने बताए । आजको नागरिक दैनिकमा खबर छ ।

Womui
Womui