पुनर्निर्माणमा सघाउन नायव महासचिवको अनुरोध

32

सिन्धुपाल्चोक, बैशाख १९–
संयूक्त राष्ट्र संघका नायव महासचिव जान एलियासनले नेपालको पुनर्निर्माणमा सघाउन अन्तराष्ट्रिय जगतलाई आग्रह गरेका छन् । गत वर्ष वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकको आइतबार अवलोकन भ्रमण गर्दै उनले विपत्तिमा सबै एकै ठाउँमा जुट्नुपर्ने बताए । ‘यस्तो बेलामा एउटा निकायको मात्र भर पर्नु हुँदैन,’ जिल्ला दैवी प्रकोप उद्दार समितिका पदाधिकारी र एनजिओरआइएनजिओका प्रतिनिधिसँग छलफल गर्दै उनले भने, ‘दातृ निकाय, यहाँको सरकार, गैरसरकारी संस्था, नीजि क्षेत्र सबै मिलेर योगदान गर्न सकौं ।’ उनले नेपालका भूकम्प पीडितको पक्षमा संयूक्त राष्ट्र संघ रहेको सन्देश दिन आफू आएको बताए । भूकम्प पीडित भेटेर आफू भावह्विल रहेको उल्लेख गर्दै उनले नेपालीले भोगेका पीडिा र समस्या राष्ट्र संघ मुख्यालयमा पुर्याफउने बताए ।

Womui
Womui