धनगढीमा मुक्तक समाज गठन

94

धनगढी, वैशाख ५

मुक्तक समाज धनगढीका अध्यक्ष पुष्षराज जोशी पुकार सभालाई सम्बोधन गर्दै ।
मुक्तक समाज धनगढीका अध्यक्ष पुष्षराज जोशी पुकार सभालाई सम्बोधन गर्दै ।

मुक्तक विधाको उन्नयन र उत्थानका लागि भन्दै धनगढीमा सुदूरपश्चिमाञ्चल मुक्तक समाज गठन गरिएको छ । मुक्तककार तथा पत्रकार पुष्पराज जोशीको अध्यक्षतामा गठित तदर्थ समितिको उपाध्यक्षमा तोयनाथ भट्ट, महासचिवमा यज्ञराज जोशी, सचिव, तीर्थराज भट्ट, कोषाध्यक्ष सुशीला धामी, सदस्यहरू फणेन्द्र साउँद र लक्ष्मीराज जोशी रहेका छन् । आइतबार बिहान साहित्यकाहरूको एक भेलाले छोटो तथा सटिक मुक्तक विधालाई प्रोत्साहन तथा उन्नयनका लागि चालिएको कदम सुदूरपश्चिममै ऐतिहासिक भएको बताएका छन् । साहित्यकार गणेश नेपालीले थोरै शब्दमा धेरै कुरा समेटिन खोजिने मुक्तक विधा गाह्रो र कमैले लेख्ने भएकाले यसको उन्नयनका लागि सुदूरपश्चिमाञ्चल स्तरीय समाज गठन गरिनु सुदूरपश्चिमको साहित्यिक क्षेत्रमा एक इँटा थपिएको बताए । पत्रकार तथा साहित्यकार दीर्घराज उपाध्याय ‘अनुराग’ले सुदूरपश्चिममा विभिन्न विधामा लेख्न सक्ने साहित्यकार भए पनि मुक्तक विधामै कलम चलाउने कम मानिस भएको बताउँदै संरक्षण र उन्नयनका लागि राम्रो कदम भएको बताए । उनले मुक्तक विधा आफैमा ओजिलो र चोटिलो भएको बताए ।
मुक्तक विधामा कलम चलाउने मुक्तककारलाई समेटेर सुदूरपश्चिमको साहित्यिक क्षेत्रमा एक फरक पन ल्याइने अध्यक्ष जोशीले बताए । उनले समय समयमा बहुभाषिक मुक्तक गोष्ठी, मुक्तक साँझका साथै ‘मुक्तक आन्दोलन’ चलाउने बताए । सुदूरपश्चिमका कुसंस्कार, कुरीति र यहाँका सामाजिक, सांस्कृतिक तथा विकासे समस्याका विषयमा सम्बन्धित निकाय विरुद्ध मुक्तकका माध्यमबाट कलम चलाएर एक फरक किसिमको आन्दोलन चलाइने जोशीले बताए ।

Womui
Womui