प्रधानमन्त्री कपको तयारी तिव्र

99

नेपालगन्ज चैत, ९-
प्रधानमन्त्री कप इन्डो–नेपाल महिला भलिबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । प्रतियोगिताको तेस्रो संस्करण यही चैत ३० गते नेपालगन्जमा हुन लागेको हो । आयोजक बाँके जिल्ला भलिबल संघले प्रतियोगितामा यसपटक नेपाल र भारतका गरी सात टिमलाई सहभागिता गराइने जानकारी दिएको छ । नेपालका शिर्ष चार टिमहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल टिम(पोखरा) र न्यु डायमन्ड एकेडेमी काठमाडौंले भाग लिनेछन् ।

प्रतियोगिताबारे जानकारी दिदै आयोजक ।
प्रतियोगिताबारे जानकारी दिदै आयोजक ।

यस पटकको प्रतियोगितामा आयोजक टिमले पनि सहभागिता जनाउने संघका अध्यक्ष टीएस ठकुरीले बताए । ‘यसपटक आयोजक टिमलाई पनि प्रतिस्पर्धा गराउँदैछौं,’ ठकुरीले भने । प्रतियोगितामा भारतका दुई टिमले पनि सहभागिता जनाउने वचन दिइसकेको उनले बताए । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको समन्वयमा सञ्चालन हुने प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति बाँके, नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, हिसान, यातायात व्यवसायी समिति, क्रियटिभ ह्याण्ड्स लगायतले सहकार्य गर्ने छन् । संघले प्रधानमन्त्री कपको गुडविल एम्बेसडरका रुपमा नायिका रेखा थापालाई प्रस्तुत गरेको छ ।

Womui
Womui